प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुननिर्माण निरीक्षण

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य  वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम श्रेष्ठलगायतसहित अधिकारी लिएर कामको निरीक्षण गर्न पुग्नु भएका शाक्यले, जय धनञ्जय कडेँल निर्माण सेवा जेभीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलासँग पटक–पटक सयम सीमा थप नगर्ने बताउनुभयो । कार्यप्रगतिको विवरण दिनोस्, हाम्रो डिजाइनमा केही पनि तलमाथि भयो भने मान्य हुँदैन । पुननिर्माणको काम कति समयमा कति प्रगति भयो म विश्लेषण गर्छु । मलाई तत्काल परिणाम चाहिएको छ, उहाँको भनाइ थियो ।

पुननिर्माणको काम करीब ८५ प्रतिशत सकिएको छ । अब फिनिसिङ र बत्तीलगायतको काम बाँकी छ । त्यो पनि दुई हप्ता भित्र जसरी पनि सम्पन्न हुन्छ । निर्माण पक्षको भनाइ छ ।

frontline

‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका सबै पोखरीहरुको संरक्षण र प्रवर्धन महानगरको दायित्वमा पर्ने काम भएको उल्लेख गर्दै प्रमुख शाक्यले योजनाबद्ध विकासमा आफू प्रतिवद्ध रहेको बताउनुभयो । कमलपोखरी पुननिर्माणको काम गुरुयोजनाअन्तर्गत भइरहेको हो । संघीय, प्रदेश माननीय, स्थानीय जनप्रतिनिधि, विज्ञ र स्थानीय व्यक्तिहरुसँग पनि लामो छलफल र परामर्शपछि पुननिर्माण थालिएको हो । २ चरणमा हुने पुननिर्माणको कामअन्तर्गत दोस्रो चरणमा कमलपोखरीको दक्षिणतर्फ साविकमा प्रहरी बीट भएको ठाउँमालगायत वरिपरि पार्क निर्माण र हरियाली विकास गर्ने योजना छ, निरीक्षणका क्रममा प्रमुख शाक्यले योजना सुनाउनुभयो ।

पोखरी वरीपरी बाल उद्यान, ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, व्यायाम गर्ने ठाउँ, उद्यान र सार्वजनिक स्थलसहितको संरचना हुनेछ ।

करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भैरहेको पोखरी बास्तुशास्त्रमा आधारित छ । पोखरी छिर्ने मुल ढोका नेपाली शैलीको हुनेछ । पोखरी निर्माणमा नेपाली इट्टा र दर्शन ढुंगा प्रयोग गरिने छ । पोखरी आसपासमा संरचनामा नेपालीपना झल्काउन झिँगटीका छाना हुनेछन् । त्यसैगरी विभिन्न ठाउँमा चैत्य र ५ ओटा मकरधारा बनाइनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here