गौरवको आयोजना निर्माणमा अवरोध गर्न नहुने: प्रधानमन्त्री केपी शर्मा

 प्रधानमन्त्री केपी शर्मा ओलीले ठोरीमा रोकिएको हुलाकी सडकको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

हुलाकी सडक निर्माण कार्य तत्काल अघि बढाउन माग राखेर ठोरीबाट काठमाडौँ आएको एक प्रतिनिधि टोलीले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो ।

frontline

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले २–४ ओटा रुख र दुई चार कट्ठा जमिनका कारण राष्ट्रिय गौरवको आयोजना निर्माणमा अवरोध गर्न नहुने भन्दै तत्काल समस्या समाधान गरेर काम सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले ठोरीको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै ठोरी–माडीको विकासमा अवरोध भए आफूलाई जानकारी दिन ठोरीवासीसँग भनेका छन् ।

कार्यक्रममा ‘अधुरो हुलाकी सडक सङ्घर्ष समिति’का अध्यक्ष जगेन्द्र पौडेलले हुलाकी सडक निर्माण अवरोधबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here