क्यालिफोर्नियामा गोली चल्दा ६ को मृत्यु, १२ जना घाइते

२१ चैत, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेष्टुरेन्ट र बारहरु रहेको व्यस्त इलाकामा स्थानीय समय अनुसार आइतबार बिहान गोली चलेको थियो । गोली चलेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको थियो ।

frontline

घटनामा संलग्नको पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अमेरिकामा गोली काण्डबाट हरेक वर्ष करिब ४० हजार जनाको मृत्यु हुने गरेको छ । यसमा आत्महत्याको संख्या पनि संलग्न छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here