तत्काल सरकारमा गएर संसदीय प्रणालीमा फस्ने कुरामा सचेत : बास्तोला

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले तत्काल सरकारमा गएर संसदीय प्रणालीमा फस्ने कुरामा सचेत रहेको बताएका छन् ।

गोरखा सदरमुकाममा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको माग अनुसारको एजेन्डा स्थापित हुने बताए । ‘प्रचण्डले संसदीय व्यवस्थालाई उपयोग गर्दै क्रान्तिमा जाने कुरा गर्नुभयो, हामीले उपयोगको कुरा पनि गरेका छैनौं,’ उनले भने,‘यस्तो कुरा लेनिनको पालामा थियो, अहिले औचित्य सकिएको छ ।’ संसदीय पार्टीहरुको संघर्ष अहिले पनि चलिहरेको उनले बताए । संसद्‌वादी पार्टीको छलफल र बहस सुन्दा संसदीय दुस्चक्रको घेरा तोड्ने कुरा नसुनिएको बास्तोलाले बताए । ‘संसद् विघटन एकपकट भइसकेको छ, फेरि अर्को पटक अनिवार्यजस्तो देखिन्छ,’ उनले भने,‘उहाँहरुको संसदीय प्रणालीको यहींभित्र घुम्ने कुरामात्र छ, नयाँ प्रकारको समाधान र निकास दिने कुनै पनि तरिका छैन ।’

frontline

सम्मुन्नत प्रकारको राजनीतिक प्रणालीमा जानुपर्नेमा उनले जोड दिए । ‘यदि यो प्रणालीलाई सहज तरिकाले राजनीतिक पार्टीहरुले स्वीकार गर्न नसक्ने अवस्था हो भने फैसला गर्न नेपाली जनतालाई दिनुपर्छ, कुन तरिकाले फैसला गर्ने त भन्दा जनमतसंग्रहको प्रक्रियाबाट गरौं,’ उनले भने, ‘कस्तो प्रकारको राजनीतिक प्रणाली देशलाई चाहिन्छ त्यसको प्रचार सबैले गरुन्, संसद्‌वादी पार्टीहरुले अहिलेको दलाल पुँजीवादको कुरा गरुन्, हामी वैज्ञानिक समाजवादको कुरा लिएर जान्छौं, रोज्ने अधिकार जनतालाई दिउँ, एकचोटी होइन निरन्तर यो प्रक्रिया चलाउँ किनकि परिवर्तन जरुरी हुन्छ ।’

प्रतिबन्ध फुकुवापछि पार्टीका नेता कार्यकर्ता रिहाई र मुद्दाहरु खारेजीको प्रक्रिया चलिरहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here