दोहोरो अंकले घटेर सेयर बजार बन्द

१७ चैत, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार दोहोरो अंकले घढेर सेयर बजार बन्द भएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक २३ दशमलव ९५ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ३० अंकमा झरेको छ ।

frontline

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ७२ अंकले घटेको छ ।

सेयर कारोबार रकम भने २ अर्ब पनि पुगेन । दिनभर भएका ३७ हजार ४२९ कारोबारबाट ३७ लाख ८७ हजार ४५ कित्ता धितोपत्र कारोबार भए । जसबाट कारोबार रकम १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here