दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि ह्रास

१५ चैत, काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव २६ अंकले घटेर २ हजार ५ सय २७ दशमलव ५८ अंकमा झरेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि ह्रास आएको छ । आइतबार करिब ५ अर्बको कारोबार भएकोमा मंगलबार १ अर्ब ७५ करोड रुपैयाँमा कारोबार रोकिएको छ ।

frontline

मंगलबार धेरै सेयर मूल्य घट्नेमा नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, आशा लघुवित्त लगायत देखिएका छन् । बजार समग्रमा घटेपनि केही कम्पनीहरुको सेयर मूल्य भने बढेको छ ।

बजार घट्दा पनि धेरै कमाउने १० कम्पनी :

सि.नं.कम्पनीको नामबढेको मूल्य (रु)बढेपछिको मूल्य (रु)
इमर्जिङ नेपाल कम्पनी९२१०१२.३०
नेष्डो समृद्ध लघुवित्त७९.३०८७२.६०
राष्ट्र उत्थान लघुवित्त९९.१०१०९०.६०
जाल्पा सामुदायिक लघुवित्त१३.६०३५२.७०
समता घरेलु लघुवित्त२४१०४९
सिटिजन्स म्युचुअल फण्ड–२०.२३१०.४०
युनियन लाइफ इन्स्यारेन्स१३.५०६८१
ग्रीन लाइफ हाइड्रोपावर८.९०४६७.९०
सपोर्ट माइक्रोफाइनान्स३३१७४८
१०तारागाउँ रिजेन्सी होटल६.६०३६३.६०

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here