धनुषामा मोटरसाइकल दुर्घटनामा परी ४ बालकको मृत्यु, एक किशोर गम्भीर घाइते

१४ चैत, काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटनामा परी ४ जना बालकको मृत्यु भएको छ भने एक किशोर गम्भीर घाइते भएका छन् । 

जिल्लाको सबैला नगरपालिका वडा नम्बर–१२ स्थित गोनरपुरामा सोमबार साँझ ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो । 

frontline

मृत्यु हुनेहरुमा सबैला नगरपालिका वडा नम्बर–२ बस्ने १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, १२ वर्षीय विकास यादव र १४ वर्षीय सुमित यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

घाइते हुनेमा १९ वर्षीय सुरेन्द्र यादव रहेको डिएसपी बस्नेतले बताए । उनीहरू ५ जना एउटै मोटरसाइकलमा सवार रहेको बताइएको छ ।

 दुर्घटना कसरी भयो भन्ने विषयमा यकिन नभएकोले यस विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here