उदयपुरमा आगलागीबाट महिलाको मृत्यु, १ करोड बढीको क्षति
१४ चैत, उदयपुर । एक महिलाको ज्यानै जाने गरी भएको आगलागीबाट उदयपुरमा १ करोड बढीको क्षति भएको छ।
आईतबार साँझ उदयपुरगढी गाउँपालिका-१ सिखरपुरमा गौरबहादुर मगरको घरमा विद्युत सर्ट भई आगलागी हुदाँ मगरका ६६ वर्षिया श्रीमती शिवमाया मगर(शारिरीकरुपले अशक्त)को जलेर ज्यान गएको हो।
आगलागीबाट ८ वटा घर, बाख्रापाठा ५१ वटा र सुँगुर ४ वटा गरी ५५ वटा चौपाय नष्ट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए।
राति ९ बजे स्थानीयको सहयोगमा नियन्त्रणमा आएको आगलागीबाट एक करोड २१ लाख बराबरको क्षति भएको उनले बताए।
उनका अनुसार गौरबहादुरको फुसको छानो भएको २ तले घर लत्ताकपडा, बाख्रापाठा ८ वटा गरी ९ लाख, ५१ बर्षिय शेरबहादुर मगरको १ तले घर र घर नजिकै जोडिएको मतान अन्नपात, बाख्रापाठा २० वटा गरी १० लाख, भैरव मगरको घर लत्ताकपडा, नगद, सुनचाँदि, खसी गरी २० लाखको क्षति भएको छ।
त्यसैगरी यम्बरबहादु मगरको २ तले टिनको छाना भएको पक्कि घर, किराना पसल, नगद, सुनचाँदि गरी ४० लाख, मनमाया मगरको घर, लत्ताकपडा, ६ वटा बाख्राखसी गरी २ लाख, पदमबहादुर मरगरको घर, अन्नपात, बाख्रापाठा–३ र सुगुर–१, सुन दुई तोला, चाँदी पाँच तोला गरी २० लाखको क्षति भएको उनले बताए।
यस्तै दिपबहादुर मगरको १ तले घर, सुन दुई तोला, चाँदी दश तोला, बाख्रापाठा ७ वटा, नगद पचास हजार गरी १० लाख र धनमाया मगरको १ तले घर, लत्ताकपडा, सुगुर २ वटा, खसि ६ वटा सुन २ तोला, चाँदि ११ तोला गरी १० लाखको क्षति भएको उनले बताए।






प्रतिक्रिया दिनुहोस्