जसपा भित्र विवाद झन बढ्दो, बैठक बस्नै समस्या

फ्रन्टलाइन, राजनीति । नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव झस्किनुभएको छ । उहाँलाई पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले साथ दिनुभएको छ। भट्टराई र यादव कुनै पनि अवस्थामा एमालेसँग मिल्ने पक्षमा छैनन्।

ठाकुरनिकट नेताहरू ओली सरकारले माग पूरा गरेमा ओलीसँग मिलेर जान सकिने बताउँदै आएका छन। तर यादव निकट नेताहरू ओलीसँग कुराकानी गर्न समेत चाहन्नन्। त्यसैले ओलीसँग भेटघाट गर्दा भट्टराई र यादव सहभागी हुने गर्दैनन्। ठाकुर र ठाकुरनिकट नेताहरूले मात्र ओलीसँग कुराकानी गर्ने गरेका छन्।

frontline

पार्टीभित्र विवाद बढ्दै गए पछि पार्टीको बैठक बस्न सकेको छैन। चैत ५ गते बोलाइएको कार्यकारिणी समितिको बैठक चैत ५गते बस्न सकेन। ५ गते बस्न नसकेको बैठक होली पछि बस्ने भनिएको थियो। तर, होली पछि पनि बैठक बस्न सकेन।

पार्टीभित्रको विवादमा पूर्व राजपाका अध्यक्ष मण्डलका ६ सदस्यमध्ये ५ जना सदस्यहरूले ठाकुरलाई साथ दिएक छन्। महेन्द्र यादवले भने उपेन्द्र यादवलाई सहयोग गरेका छन्। यसैगरी यादवलाई भट्टराई बाहेक रामसहाय यादव र राजेन्द्र श्रेष्ठले पनि साथ दिएका छन्।

पार्टीभित्र दुई लाइनको विवाद बढ्दै गएपछि समयोजनको काम पनि अघि बढ्न सकेको छैन। अहिलेसम्म विकट हिमाली जिल्ला पाहाडी जिल्लाका एक दुई ठाउँमा मात्र समायोजन भएको छ। पूर्व राजपा र पूर्व समाजवादीको प्रभाव रहेको प्रदेश २ तथा लुम्बिनी प्रदेशका एक जिल्लामा पनि अहिलेसम्म समायोजन भएको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here