निर्वाचनमा चुनावी गठबन्धन गर्न नहुने धारणा राख्ने पार्टीका नेतामाथि सभापति देउवाको आक्रोश

फाइल तस्बिर

१२ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा चुनावी गठबन्धन गर्न नहुने धारणा राख्ने पार्टीका नेतामाथि आक्रोश पोखेका छन्। उनले एक्लै जितेर देखाउन चुनौती दिएका छन्।

शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरुले सत्ता घटक दलहरुसँग चुनावी गठबन्धन गर्न नहुने धारणा राखेका थिए। यसको जवाफ दिने क्रममा देउवा आक्रोशित बनेका हुन्।

frontline

उनले एक्लै लडेर चुनाव पनि नजित्ने र अहिले आएर गठबन्धन पनि नगर्न भन्ने भन्दै आक्रोश पोखे।

‘केपी ओलीको आतंकबाट यो गठबन्धन बनेको हो। गठबन्धन बनाउने र सरकारमा जाने मेरो चाहना थिएन। तपाईहरुको पनि जोडबलमा यो गठबन्धन बनेको हो, ’संस्थापनइतर समूहतर्फ संकेत गर्दै देउवाले भने, ‘तर अहिले आएर ओली आतंक यति चाँडै बिर्सिदिनुभयो? गठबन्धन गर्दिन भन्दा इम्प्रेसन नराम्रो जान्छ।’

देउवाले चितवनमा कांग्रेसले कहिल्यै चुनाव नजितेको भन्दै गठबन्धनको विरुद्धमा जथाभावी नबोल्न चेतावनी दिए।

‘एक्लै चुनाव लड्ने सन्दर्भ हेर्ने हो भने तपाईंहरुले चितवनमा कहिले जिताउनुभएको छ? कहिले जिताउनुभएको इतिहास छैन। यस्तै गर्दा अहिले पनि जित्दैन,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘चुनाव जित्नु पनि छैन अनि गठबन्धन पनि नगर्ने भन्ने? जहिल्यै हारेको हार्‍यै ? मैले थाहा पाएदेखि चुनाव जित्नु छैन, अनि गठबन्धन नगर्ने भन्ने?’

सभापति देउवाले बढीभन्दा बढी जितका लागि मिलेसम्म गठबन्धन गरेर जानुपर्ने बताए।

चितवनमा गठबन्धन हुने उनले स्पष्ट पारे। चितवनलाई कांग्रेस नछाड्ने र केन्द्रको निर्देशन नमान्ने चर्चा जिल्ला तहमा भइरहेको र केन्द्रीय समितिमा पनि यो कुरा केन्द्रीय सदस्यबाट आएपछि देउवाले कडा रुपमा प्रस्तुत हुँदै एक्लै जित्ने अवस्था नभएको उल्लेख गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here