नेपालमा एकै दिनमा थप २६० जनामा कोरोना सङ्क्रमण

फ्रन्टलाइन, कोभिड अपडेट । पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार २ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७८ हजार चार सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप एक सय १३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार चार सय ५५ पुगेको छ । नेपालमा अहिले १९ सय ७९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

frontline

पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमितकोे मृत्यु नभएको मन्त्रालयले जनाएको छ । संक्रमणका कारण नेपालमा हालसम्म ३ हजार ३६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here