मोरङको लेटाङमा आज पनि कर्फ्यू

८ चैत, काठमाडौं । प्रहरी जवानको मृत्यु भएको घटनापछि मोरङको लेटाङमा आज पनि कर्फ्यू लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय, मोरङले आज पनि कर्फ्यू जारी रहेको जनाएको छ। आइतबार राति स्थानीय बासिन्दाको आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।

frontline

त्यसपछि सोमबार बिहान ७ बजेदेखि लेटाङ नगरापकिलाका चार वटा वडामा कर्फ्यू लगाइएको थियो। शान्ति सुरक्षालाई ध्यानमा राखेर आज पनि कर्फ्यू जारी रहेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।

लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, वडा नं. ५ को सबै क्षेत्र, उत्तरमा लेटाङको वडा नंं ६ को कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएको हो।

सोमबार कर्फ्यूकै समयमा सुरक्षा प्रमुखको टोलीले लेटाङ क्षेत्रको अवलोकन गरेको थियो। प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, मोरङका प्रमुख जिल्ला अधिकारी दाहाल लगायत प्रहरी र सशस्त्र प्रहरीको टोलीले घटनास्थलबारे जानकारी लिएको थियो।

कर्फ्यू लागू भएपछि लेटाङका बासिन्दा त्रसित बनेका छन्। उनीहरु सोमबार घरबाहिर निस्कन पाएका थिएनन्। आज पनि कर्फ्यू जारी गरिएपछि जनजीवन प्रभावित भएको छ।

स्थानीय विद्यालयका शिक्षकले होली खेल्ने क्रममा छात्रासँग दुर्व्यवहार गरेको भन्दी स्थानीय बासिन्दा विरोधमा उत्रिएका थिए।

उनीहरुले शिक्षकलाई विद्यालयको कोठामा थुनेर राखेका थिए।
उनलाई सुरक्षित रुपमा बाहिर निकाल्ने क्रममा स्थानीय बासिन्दाले प्रहरीमाथि आक्रमण गरेका थिए।

प्रहरीको आक्रमणबाट प्रहरी जवान श्रेष्ठको मृत्यु भएको थियो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here