आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले टस जितेर फिल्डिङ गर्दै
८ चैत, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले टस जितेर फिल्डिङ गर्दैछ ।
आजको खेलमा दुई जना खेलाडी परिवर्तन गरिएको छ । ज्ञानेन्द्र मल्ल र विक्रम सोब आज प्लेइङ ११ मा परेका छैनन् ।
सोमबार यूएईविरुद्ध नखेलेका आसिफ शेख आज खेल्दैछन् । यस्तै भीम सार्कीले आज डेब्यु गरेका छन् ।
यसै शृङखलाको पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो । त्यसपछि नेपालले यूएईसँग लगातार दुई खेलमा हार बेहोर्यो ।
पीएनजीले भने यूएईलाई हराएर लिग टू मा १४ खेलको हारको शृङखला तोड्दै पहिलो जित हात पारेको छ ।
यस शृङखलामा नेपालको ब्याटिङ चिन्ताको विषय बनेको छ । पछिल्ला दुई खेलमा नेपाल यूएईविरुद्ध १२० र १०३ रनमा अलआउट भएको थियो । नेपालले पूरा ५० ओभर ब्याटिङ गर्न संघर्ष गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्