तिलक केसीलाई जिताउन २५१ सदस्यीय सहयोग समिती गठन

शिकागो, एनआरएन अमेरिकाको निर्बाचनमा अध्यक्ष पदमा तिलक केसीलाई जिताउनका लागि २५१ सदस्यीय सहयोग समिती निर्माण भएको छ । आसन्न एनआरएन अमेरिकाको निर्बाचनमा अध्यक्ष पदका बलिया दाबेदार मानिएका केसीलाई जिताउनका लागि अमेरिकाको अधिकाशं राज्यमा रहेका एनआरएन अगुवाहरुलाई समेटेर समिति निर्माण गरिएको हो ।

सिन्डिकेट तोडौं, नेपाली जोडौं भन्ने मुल नाराका साथ मैदानमा आएका केसीलाई बिजय गराउन टेक्सासका पुराना ब्यवसायी तथा समाजसेवी भिम कार्कीको अध्यक्षतामा समिति बनेको हो ।

frontline

अमेरिकाभरका नेपालीहरुको प्रतिनिधीत्व हुने गरि बनाइएको समितीको सचिवमा बिस्कन्सीनका बाबुराम सापकोटा रहेका छन् भने पुर्व क्षेत्रका लागि ईश्वरी दवाडि, न्यूयोर्क क्षेत्रका लागि सिता खरेल, मध्य पश्चिम क्षेत्रका लागि सुन्दर घिमिरे, पश्चिम क्षेत्रका लागि बिनोद कुईकेल लगायतलाई जिम्मेवारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here