टिपरको ठक्करबाट युवतीको मृत्युपछि सुर्खेतको छिञ्चु बजार र नेपालगञ्ज सडक खुल्यो

फाइल तस्बिर

७ चैत्र, सुर्खेत । टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि आफन्तले छिञ्चु बजार र सुर्खेत-नेपालगञ्ज सडक खुलेको छ ।

क्षतिपूर्ती र दोषीलाई कारबाहीको विषयमा सहमतिको नजिक पुगेपछि आफन्तले बजार र यातायात खोलेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए ।

frontline

‘जिल्ला प्रहरी कार्यालयमा सबै पक्षबीच छलफल भएको छ, सहमतिको नजिक पुगेपछि उहाँहरूले आन्दोलन फिर्ता लिनुभएको हो,’ प्रजिअ रिजालले भने ।

छिञ्चु बजार सोमबार दिउँसोदेखि तनावग्रस्त बनेको थियो। डीएसपी रामप्रसाद घर्तीको टोलीले सडक र बजार खुलाएको हो ।

चैत ५ गते दिउँसो लेकवेशी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट मृत्यु भएको थियो ।

त्यसपछि मृतकका आफन्तले क्षतिपूर्तिसहित दोषीलाई कारबाहीको माग गर्दै छिञ्चु बजार बन्द गराएका थिए ।

तर सहमति हुने भएपछि उनीहरुले बजार र सडक खोल्न दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here