काठमाडौं प्रवेश अनिवार्य एन्टिजेन परीक्षण: संकट व्यवस्थापन समिति

 काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको हो 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार त्यहीँ नै एन्टिजेन परीक्षण गरिनेछ। परीक्षण नेगेटिभ देखिएको तर, लक्षण शंकास्पद देखिएमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाउनसमेत समितिले निर्देशन दिएको छ।

एन्टिजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्था मिलाउने र सम्पर्क व्यक्ति तोक्ने जिम्मा स्थानिय तहलाई दिइएको उनले जानकारी दिए। त्यस्तै काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहले आइसोलेसन र क्वारेन्टिनको व्यवस्था गर्ने पनि निर्णय भएको छ ।

frontline

‘यसअघि सबै महानगर-नगरपालिकाहरुमा सञ्चालित आइसोलेसन र क्वारेन्टिन सेन्टरहरुलाई अद्यावधिक राख्ने र सबै नगरपालिकाहरुले आ-आफ्नो नगरपालिकाभित्र कम्तीमा एक-एक आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने छ,’ निर्णयमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here