रुसका राष्ट्रपति पुटिनलाई अमेरिकी राष्ट्रपतिद्वारा ‘युद्ध अपराधी’को संज्ञा

फाइल तस्बिर

४ चैत्र, वासिंगटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका छन्।

रसियाले युक्रेनमाथि गरिरहेको आक्रमणको निन्दा गर्दै उनले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा पुटिन युद्ध अपराधी भएको बताए। 

frontline

‘सबै कुरा देखेपछि पुटिनलाई युद्ध अपराधी भन्न तपाईँ तयार हुनुहुन्छ?,’ पुटिनलाई सञ्चारकर्मीले प्रश्न गरेपछि उनले जवाफ फर्काए, ‘मलाई लाग्छ कि उनी युद्ध अपराधी हुन्।’

बाइडेनको अभिव्यक्तिलाई रुसले अक्षम्य भनेको छ। रुसी समाचार संस्था टासका अनुसार क्रेम्लिनले बाइडेनको उक्त टिप्पणीलाई ‘अस्वीकार्य र अक्षम्य’ बताएको छ।

बाइडेनको टिप्पणीले अमेरिका र रुसबीचको कूटनीतिक तनाव झन् बढ्ने बताइएको छ। रुसले औपचारिकरुपमा बाइडेनको अभिव्यक्तिको विरोध गरेपछि ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले उक्त अभिव्यक्ति आधिकारिक नभएको स्पष्ट पारे।

उनले युक्रेनको तस्बिर देखेर राष्ट्रपति बाइडेनले मनमा लागेको कुरा अभिव्यक्त गरेको स्पष्ट पारे। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here