सोमालियामा खडेरीका कारण ६९ लाख जनता प्रभावित
२ चैत, एजेन्सी । अफ्रिकी मुलुक सोमालियामा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएका छन् ।
सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण लाखौं जनता प्रभावित भएको भन्दै त्यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ ।
सोमालियाका प्रधानमन्त्री मोहमद रोब्लेले एक विज्ञप्ति जारी गर्दै खडेरीको अवस्था नाजुक हुँदै गएकाले सहयोग छिटो पुर्याउन दाताहरूलाई आग्रह गरे ।
खडेरीका कारण झण्डै ६९ लाख मानिस मात्र नभई ९५ लाख भन्दा बढी पशुचौपाया पनि प्रभावित भएको बताइएको छ । पानीको हाहाकार हुँदा लाखौं जनता पिउने पानीबाट बन्चित भएका छन् । सोमालियामा विगत ३ वर्षदेखि पानी परेको छैन ।
सरकारले सन् २०११ को अनिकालपछि देशले सबैभन्दा ठूलो खडेरीको सामना गर्नुपरेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्