जंगली मौरीको आक्रमणबाट १६ जना घाईते

१ चैत, चितवन । चितवनमा जंगली मौरीको आक्रमणबाट १६ जना घाईते भएका छन । रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा आज मंगलबार बेलुका निकुञ्ज सेक्टर कार्यालयको कम्पाउण्ड भित्र हात्ती हेर्न गएका १६ जनालाई एक्कासी मौरीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आक्रमणबाट घाइते हुनेहरुमाा सिन्धुली कमलामाई नगरपालिका ४ की तुलसा श्रेष्ठ सोही ठाउंको केदार श्रेष्ठ, शान्ता श्रेष्ठ , सोही जिल्ला मरिण नगरपालिका वडा नम्बर ७ का कृष्ण नारायण श्रेष्ठ , दिपक माझी ,शारदा श्रेष्ठ, धन कुमारी श्रेष्ठ, काजीलाल श्रेष्ठ, भगवती श्रेष्ठ रहेका छन ।

frontline

यस्तै दान बहादुर श्रेष्ठ , कल्याण श्रेष्ठ ,सुजाता श्रेष्ठ , कबिर श्रेष्ठ ,राधा श्रेष्ठ ,राधिका श्रेष्ठ र पारु श्रेष्ठ पनि घाईते भएका छन ।

यी मध्य केहीको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको चितवन प्रहरीले जानकारी दिएको छ । घाईतेहरुको बकुलहर सरकारी अस्पताल टांँडीमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here