नेपाल प्रहरीको एआईजीमा तीन डीआईजीको नाम सिफारिस

२ चैत, काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा तीन जना डीआईजीको नाम सिफारिस गरेको छ।

मंगलबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरु बसन्त कुमार पन्त, धिरज प्रताप सिंह, रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

frontline

बढुवाका प्रबल दाबेदार मानिएका उत्तमराज सुवेदी भने छुटेका छन्। त्यसैगरी एआईजीको रेसमा ईश्वरबाबु कार्की पनि दौडमा थिए।

एआईजी थप्न सरकारले तीनवटा दरबन्दी नै सिर्जना गरेको थियो। मन्त्रिपरिषदले नियुक्त गरेपछि सिफारिस भएकाहरु एआईजीमा बढुवा हुनेछन्।

तीन जना बढुवा भएसँगै नेपाल प्रहरीमा ८ जना एआईजी हुनेछन्। हाल हरि पाल, प्रद्युम्न कार्की, निरज शाही, विश्वराज पोखरेल र सहकुल थापा एआईजी छन्।

पाल, कार्की र शाही आईजीपी शैलेश थापा क्षेत्री ब्याचका हुन् र क्षेत्रीसँगै ०७९ वैशाख १९ गते अवकाशमा जानेछन्।

पोखरेल र थापा भावी आईजीपीका दाबेदार हुन्। आज बढुवा सिफारिस भएकामध्ये पन्त पनि आईजीपीकै ब्याचका हुन्। सिंह र धानुक भने पछिल्लो ब्याचको भएकाले आईजीपीको दौडमा सहभागी हुन पाउने छन्।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here