सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन आजदेखि बन्द

१ चैत, काठमाडौं । सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन आजदेखि बन्द हुँदैछ। यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गरी जानकारी दिएको हो।

विभागका प्रवक्ता डा. लोकनाथ भुसालले हालसम्म परेका अनलाइन आवेदनलाई कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले नयाँ आवेदन तत्कालका लागि बन्द गरेको जानकारी दिए।

frontline

अर्को सूचना प्रकाशित नहुन्जेलसम्मलाई अनलाइन आवेदन बन्द गरिने जानकारी उनले दिए।

सूचनामा भनिएको छ‚ ‘हालसम्म परेका अनलाइन आवेदनहरूको कारवाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले यही मिति २०७८ चैत्र १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here