घरको छतबाट खसेर युवकको मृत्यु

१ चैत, जाजरकोट । जाजरकोटमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ। भेरी नगरपालिका- १ कालेगाँउका २४ वर्षीय भिमबहादुर बुढाथोकीको मंगलबार बिहान छतबाट खसेर मृत्यु भएको हो।

भेरी नगरपालिका- ३ ठाटीबजारस्थित एक घरको छतबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

frontline

उनी एक पोल्टी फममा काम गर्थे। पोल्टी फम सञ्चालकको घरको चौथो तलाबाट बिहान ५ बजेतिर खसेका हुन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here