युक्रेनको राजधानी कीभको केन्द्रमा कम्तिमा तीन शक्तिशाली विस्फोटन

१ चैत, एजेन्सी ।  युक्रेनको राजधानी कीभको केन्द्रमा मङ्गलबार बिहानै कम्तिमा तीनवटा शक्तिशाली विस्फोटन गरिएको छ ।

ती विस्फोटनहरुको आवाज सुनिएको एएफपी पत्रकारहरूले उल्लेख गरेका छन् ।

frontline

उक्त विस्फोटको कारण भने थाहा हुन सकेको छैन । एक एएफपी पत्रकारले टाढाबाट धुवाँको मुस्लो उठेको देखेको तर रातिको समय कर्फ्युका कारण त्यहाँ पुग्न नसकेको जनाएका छन् ।

विस्फोटनपछि किएभस्थित एउटा आवासीय भवनमा आगलागी भएको युक्रेनको सरकारी समाचारसंस्था युक्रिनफोर्मले जनाएको छ ।

यसबारे थप जानकारी आइसकेको छैन । केही समयअघि सहरको पश्चिमपट्टि बाहिरी भेगमा दुईवटा विस्फोटन भएको स्थानीय टेलिभिजन च्यानल युक्रेन २४ ले जनाएको बिबिसीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here