काँग्रेस बैतडीको चुनावी अभियान डिलाशैनी पालिकाबाट सुरु
३० फागुन, काठमाडौं । नेपाली काँग्रेस बैतडीको चुनावी अभियान डिलाशैनी गाउँपालिकाबाट सुरु भएको छ।
आइतबार डिलाशैनी गाउँपालिकाको गोकुलेश्वरमा एक कार्यकर्म गर्दै काँग्रेस बैतडीले घर घर जाऔं , काङ्ग्रेस जिताओैँ अभियान सुरु गरेको हो।
अभियानका लागि काँग्रसले केन्द्रीय प्रतिनिधिकारूपमा केन्द्रीय सदश्य यज्ञराज जोशीलाई बैतडीमा खटाएको छ।
आज आयोजित सो कार्यकर्ममा विभिन्न पार्टी परित्याग गरी १ सय ८३ जनाले काँग्रेस प्रवेश गरेको डिलाशैनी गाउँपालिका सभापति जयराज जोशीले बताए।
बैतडीका सम्पूर्ण पालिकामा चल्ने कार्यकर्ममार्फत नेकपा एमालेले विगतमा गरेका संविधान विरोधि गतिविधिको बारेमा जनतालाई सुसूचित गराउने, एमसीसीबारे जनताको बीचमा परेको भ्रम चिरफारलगायतका विषयमा अभियान चलाउने सभापति जोशीले बताए।






प्रतिक्रिया दिनुहोस्