ओलीले गरेका बर्बादिका लागि जनतासँग माफी माग्छु : घनश्याम भुसाल

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली असीमित सत्ताभोगको अतृप्त तृष्णाले ‘म’ र ‘मेरो’ बाहेक केही नदेख्ने बनाएको टिप्पणी गरेका छन्।

ओलीले बिहीबार पार्टी साधारण सदस्यबाट ६ महिना निलम्बन गरेपछि भुसालले ओलीको गुट राज्यदोहनमा लागेको गिरोह भएको आरोप समेत लगाएका छन्।

frontline

‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु,’ यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो,’ भुसालले फेसबुकमा लेखेका छन्, ‘एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ ।’ 

उनले ओलीको व्यक्तिवादी, अवसरवादी दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्ने पनि बताएका छन् । नेता भुसालले ओलीले गरेको बर्बादिको लागि माफी मागेका छन् । 

‘उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ, मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु,’उनले ट्वीटमा लेखेका छन्।

एमालले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई छ महिना पार्टी साधारण सदस्यबाट निलमब्न गरेको छ। यसअघि माधव कुमार नेपाल र झलनाथ खनाल पनि छ महिना पार्टी सदस्यबाट निम्लम्बनमा परेका छन्।

एमालेभित्र विवाद चुलिदै गएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पार्टी नेतामाथि आक्रामक बनेका छन्।


प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here