कैलालीमा ट्रकको ठक्करबाट किशोरीको मृत्यु

२३ फागुन, धनगढी । कैलालीमा ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ ।

मोहनापुल-अत्तरिया सडकखण्डअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बा २ ख५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार सोही ठाउँकी १६ वर्षीया स्वस्तिका कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहले ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी कुँवरको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार ठक्कर दिने ट्रक र चालक गोदावरी नगरपालिका–४ का गणेश लामालाई नियन्त्रणमा लिइएको छ ।

कुँवरको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here