युवकको मृत्यु भएपछि वीरेन्द्रनगर बजारमा प्रदर्शन, बजार बन्द

फाइल तस्बिर

२२ फागुन, सुर्खेत । कालीकोटका एक युवकको सुर्खेतमा मृत्यु भएपछि आफन्त र स्थानीयले वीरेन्द्रनगर बजार आइताबार बिहानैदेखि बन्द गराएका छन् ।

शुक्रबार साँझ सामान्य विवादमा प्रहरीले कुटाइ खाएका तिलागुफा नगरपालिका-३ का २५ वर्षीय कृष्ण हमालको शनिबार बिहान मृत्यु भएपछि वीरेन्द्रनगर बजार र सडक बन्द गरेर प्रदर्शन गरेका हुन् ।

frontline

परिवार, आफन्तसहित प्रदर्शनकारीले प्रहरीको निर्घात कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् ।

वीरेन्द्रनगर बजारको प्रवेशद्वार सुब्बाकुनाका प्रहरीले हमाललाई कुटेर हत्या गरेको उनीहरूको आरोप छ ।

सुर्खेतबाट लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन अहिले सञ्चालनमा आएका छैनन् । बसपार्कको दुवैतिर प्रहरी तैनाथ गरिएको छ भने चोकचोकमा बाक्लो मात्रामा प्रहरी खटाइएको छ ।

न्यायको माग गर्दै प्रदर्शन थालिएको मृतकका दाइ नाता पर्ने देवीकृष्ण पाण्डेले जानकारी दिए । ‘हामीले न्यायका लागि प्रदर्शन गरेका हौं, न्याय नपाएसम्म गरिहन्छौं,’ उनले भने ।

घटनबारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले बताए ।

‘स्थानीयले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका छन्, आन्दोलनलाई हिंसात्मक हुन नदिन आवश्यक सुरक्षाकर्मी खटाइएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here