माधव नेपाल पक्षले एमालेको छुट्टै पार्टी कार्यालय खोल्ने

फ्रन्टलाइन, राजनीति । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले छुट्टै कार्यालय खोल्ने भएको छ । नेपाल समूहले छुट्टै कार्यालय खोल्नका लागि भवनको खोजीमा जुटेको बताएको छ । युवा संघ नेपालको कार्यालय उद्घाटन कार्यक्रममा नेता नेपालले आफूहरु कार्यालयका निम्ति भवनको खोजीमा रहेको बताउनुभएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि नेता नेपाल पक्षले समानान्तर पार्टी संरचना बनाउने निर्णय गरिसकेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here