एमसीसी अन्तर्गत अमेरिकाले नेपालमा सडक मर्मतमा नयाँ प्रविधि हस्तान्तरण गर्दै

श्रोत : ईन्टरनेट

१७ फागुन, काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै अब आयोजना कार्यान्वयनको तयारी सकाउने ढोका खुलेको छ । एमसीसीअन्तर्गत अमेरिकाले नेपालमा सडक मर्मतमा नयाँ प्रविधि हस्तान्तरण गर्दैछ ।

एमसीसी अन्तर्गत पूर्व-पश्चिम रोजमार्गको एउटा खण्डमा ‘फूल डेप्थ रिक्लेमेसन’ र ‘सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेन्ट’ (सुपरपेभ) प्रविधि नेपालमा पहिलो पटक प्रयोग हुनेछ ।

frontline

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)का अनुसार सडकको खराब अवस्था, न्यून प्रभावशाली ढुवानी सेवा तथा अपर्याप्त सडकका कारण नेपालको व्यापार व्यवसायले उच्च लागत खर्च बेहोर्नु परिरहेको छ ।

नियमित सडक मर्मतसम्भारका लागि पर्याप्त स्रोत उपलब्ध नभएर समस्या छ भने यसका लागि प्रयोग गरिने विधि पनि राम्रा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप छैनन् ।

त्यसैकारण अधिकांश सडक र राजमार्गहरुको अवस्था गतिलो छैन । कालोपत्रे गर्नासाथ उप्किने, चर्किने, ढिस्को उठ्नेलगायत समस्या देखिन्छन् । यसको दोष सरकारले ठेकदार र ठेकदार सरकारमाथि लगाएर पन्छिने चलन छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)का अनुसार सडकको खराब अवस्था, न्यून प्रभावशाली ढुवानी सेवा तथा अपर्याप्त सडकका कारण नेपालको व्यापार व्यवसायले उच्च लागत खर्च बेहोर्नु परिरहेको छ ।

नियमित सडक मर्मतसम्भारका लागि पर्याप्त स्रोत उपलब्ध नभएर समस्या छ भने यसका लागि प्रयोग गरिने विधि पनि राम्रा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप छैनन् ।

त्यसैकारण अधिकांश सडक र राजमार्गहरुको अवस्था गतिलो छैन । कालोपत्रे गर्नासाथ उप्किने, चर्किने, ढिस्को उठ्नेलगायत समस्या देखिन्छन् ।

यसको दोष सरकारले ठेकदार र ठेकदार सरकारमाथि लगाएर पन्छिने चलन छ ।यस प्रविधिमा इन्धनको खपत कम हुन्छ । र, हानिकारक हरितगृह ग्याँसको उत्सर्जन पनि सीमित रहन्छ ।

एमसीसी अन्तर्गत सडक आयोजनाका लागि पाँच करोड २२ लाख अमेरिकी डलरको खर्च हुनेछ ।

यो आयोजनाले उपलब्ध गराइने प्राविधिक सहयोगले सडक मर्मतसम्भारसम्बन्धी योजना तर्जुमा, मूल्यांकन तथा नियमित एवम् आवधिक मर्मतसम्भार कार्य कार्यान्वयनका लागि सडक विभाग तथा सडक बोर्ड नेपालको क्षमता बढाउने विश्वास गरिएको छ ।

सुरुमा नयाँ प्रविधि प्रयोग गर्ने गरी एमसीसीमार्फत् पाँच वटा सडक आयोजना सञ्चालन हुने तय भएको थियो । तर, सवारीको कम चाप भएका सडकमा यो प्रविधि प्रयोग गर्न उपयुक्त नहुने निष्कर्ष निकालेर पूर्व–पश्चिम राजमार्गमै प्रयोग गर्न लागिएको हो ।

यो नयाँ प्रविधिले सवारीको चाप बढी भएका, काम गर्न कठिन एवम् निर्माण कार्यका लागि लामो समय लाग्ने जस्ता साँघुरा सडकमा काम गर्दा आइपर्ने समस्यालाई सम्बोधन गर्ने एमसीए नेपालको दावी छ ।

आयोजना सञ्चालनका जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), रुख कटान र ठेक्का लगाउने लगायत काम बाँकी छ ।

एमसीए नेपालका अनुसार अन्तर्राष्ट्रिय प्राविधिक, वातावरणीय तथा सामाजिक मापदण्डहरू तथा राम्रा अभ्यासहरूलाई पनि ध्यानमा राखेर सडक मर्मत आयोजना सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here