रुसका प्रतिनिधिसँग बेलारुसको सीमामा भेटवार्ता गर्न युक्रेन तयार

१५ फागुन, काठमाडौं । आफूमाथि आक्रमण गरिरहेको रुसका प्रतिनिधिहरुसँग बेलारुसको सीमामा भेटवार्ता गर्न युक्रेन तयार भएको छ ।

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेनोस्कीका अनुसार दुबई देशका प्रतिनिधिबीच युक्रेन र बेलारुसको सीमा नजिकै रहेको प्रेपियट नदीमा भेट हुनेछ ।

frontline

यसअघि युक्रेनका राष्ट्रपतिले बेलारुसी भूमिमा रुसी प्रतिनिधिलाई भेट्न अस्वीकार गरेका थिए ।

युक्रेनियन प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फिर्ता अवधिभर बेलारुसी भूमिमा रहेका सबै विमान, हेलिकप्टर र मिसाइलहरु जमिनमै रहने ग्यारेन्टी बेलारुसका राष्ट्रपतिले गरेको उनले बताएका छन् । यसबारे रुस र बेलारुसले भने केही बोलेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here