म्याद गुज्रेका उपभोग्य सामग्री छ्यापछ्याप्ती खोटाङ

घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, खोटेहाङ गाउँपालिका, इलाका प्रहरी कार्यालय खोटाङ बजार, उद्योग वाणिज्य संघ खोटाङ बजार, सरोकारवालालगायतको संयुक्त टोलीले गरेको बजार अनुगमनमा खोटाङ बजारका विभिन्न खाद्य सामग्रीलगायतका पसलबाट २१ हजार ८७५ रुपैयाँ बराबरको म्याद गुज्रेका उपभोग्य सामग्री जफत गरेको हो ।

 खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर ७ खोटाङ बजारमा २१ हजार रुपैयाँ बढीको म्याद गुज्रेका उपभोग्य सामग्री जफत गरिएको छ ।

frontline

बजार अनुगमनमा ७ हजार ५० रुपैयाँ बराबरको सब्जी मसला, ४ हजार ५ सय मूल्य बराबरको ९० पिस थोक्पा, ४ हजार ८० रुपैयाँ बराबरको स्याम्पु, २ हजार ८ सयको ७ पिस हर्लिक्स, १ हजार ३५० बराबरको १५ प्याकेट चिउरा, १६० रुपैयाँको पेप्सी र १३५ रुपैयाँको चाउचाउ जफत गरिएको अनुगमन टोलीले जनाएको छ । 

जफत गरिएका उपभोग्य सामग्री इलाका प्रहरी कार्यालय खोटाङ बजार नजिकै जलाएर नष्ट गरिएको बजार अनुगमनमा खटिएका गाउँपालिकाका आन्तरिक लेखा परीक्षक योगेश श्रेष्ठले जानकारी दिए ।

खोटाङ बजारका वडाध्यक्ष शिवप्रसाद फुयाल, वाप्लुखाका वडाध्यक्ष दीपेन राई, घरेलु तथा साना उद्योगका प्रमुख भेषराज खत्रीलगायतको उपस्थितिमा नष्ट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here