साताको पहिलो दिन ७.७३ अंकले घट्यो नेप्से
१५ फागुन, काठमाडौं । साताको पहिलो दिन शेयर बजार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेको छ । शेयर बजार ०.७९ प्रतिशतले घटेर बजार २६५३.७० बिन्दुमा आइपुगेको छ ।
बजार घटेको भए पनि जलविद्युतका लगानीकर्ताले भने कमाएका छन् । आइतबार नेपाल हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, छ्याङ्दी हाइड्रोपावर, युनियन हाइड्रोपावरसहितका जलविद्युत् कम्पनीहरूका लगानीकर्ताले २.७० प्रतिशतभन्दा बढीले कमाएका छन् ।
बजार घटेका कारण हिमालयन जनरल इन्स्योरेन्स, तनहुँ पावर कम्पनी, सामलिङ पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, शिवम् सिमेन्टसहितका लगानीकर्ताले भने ३.०५ प्रतिशतभन्दा बढीले गुमाएका छन् ।
आइतवार युनिभर्सल पावर कम्पनीको सबैभन्दा बढी २० करोड ४४ लाख रूपैयाँको कारोबार भएको छ भने युनिभर्सल पावरको ५ लाख ६३ हजार कित्ता शेयरको कारोबार भएको छ ।
आइतबार २२४ कम्पनीको ७० लाख कित्ता शेयरको ४९ हजार पटक कारोबार भएको छ । यसबाट ३ अर्ब २७ करोड रूपैयाँको कारोबार भएको छ ।
आइतवार बजार घटेको दिन जलविद्युत् र अन्य उपसमूह मात्रै बढेको छ भने बाँकी सबै उपसमूहको सूचक घटेको छ ।
प्रतिक्रिया दिनुहोस्