जग्गा बेचेको पैसा नदिएपछि घाटी थिचेर आमाको हत्या

१५ फागुन, पर्सा । पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा छोराले आफ्नै आमाको हत्या गरेको छ ।

जग्गा बेचेको पैसा आमाले आफ्ना २२ वर्षीय छोरा भुलाई चौरसिया भनिने जितेन्द्रलाई नदिएपछि घाटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक एवम प्रहरी प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।

frontline

प्रवक्ता खनालका अनुसार ६५ बर्षिया पारवती देवीले ५ कठ्ठा जग्गा विक्री गरेको र सो पैसा छोराले बारम्बार माग्दा नदिएपछि विवाद सुरु भएको थियो ।

शनिबार बिहान खाना पकाउने क्रममा पैसा माग्दा नदिएपछि आक्रोशित भई छोरा जितेन्द्रले कुटपिट गर्नुका साथै आफ्नो आमाको घाटी थिचेर हत्या गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

हत्याको आरोपमा प्रहरीले जितेन्द्र चौरसिया र बुहारीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here