खाल्डो खनेर गाडिएकी बालिकाको शव घटनास्थलबाट उठाउनमा अवरोध

१३ फागुन, विराटनगर ।  मोरङको लेटाङ नगरपालिका-८ स्थित लालहीरा सामुदायिक वनभित्र खाल्डो खनेर गाडिएकी बालिकाको शव प्रहरीले घटनास्थलबाट उठाउन सकिरहेको छैन। 

अवरोधका कारण लेटाङ नगरपालिका-८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव प्रहरीले घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि लैजान नपाएको हो।

frontline

खाल्डोबाट उत्खनन गरेर प्रहरीले शव एम्बुलेन्समा राख्दै पोस्माटमार्टका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजान खोजेको थियो। 

तर घटनाको विरोधमा उत्रिएका स्थानीय र बालिकाका साथीहरुले सडक छेकेर शव लैजान नदिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए।

अवस्था तनावपूर्ण भएपछि समन्वयका लागि एसपी जीसी आफै घटनास्थल पुगेका छन्। शव पोस्टमार्टमका लागि लैजानका लागि घटनाको विरोधमा उत्रिएकालाई सम्झाईबुझाई गर्ने काम भइरहेको उनको भनाइ छ। 

‘खाल्डो खनेर वनभित्र गाडिएको नग्न अवस्थामा बालिकाको शव शुक्रबार बिहान फेला परेको थियो।

उत्खनन गरेर पोस्मार्टमका लागि लैजाने तयारी गरिए पनि अवरोधका कारण सम्भव भइरहेको छैन,’ उनले भने, ‘स्थानीय र स्कुले बालबालिका आक्रोसित बनेर नाराबाजी र प्रदर्शनमा उत्रिएका छन्। अवस्था मत्थर बनाउन सबैसँग छलफल एवम् समन्वय भइरहेको छ।’

प्रदर्शमा उत्रिएकाहरुले बालिकाको हत्यारालाई कारबाही हुनपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेर नाराबाजी गरिरहेका छन्।

प्रहरीका अनुसार जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत बालिका विद्यालयबाट घर फर्किने क्रममा गत बुधबार दिउँसो ४ बजेतिर बेपत्ता भएकी थिइन्।

उनका अनुसार बालिका बेपत्ता भएपछि खोजतलासका लागि परिवारका सदस्यले प्रहरीलाई आग्रह गरेका थिए। 

प्रहरीसहित खोजी गर्ने क्रममा खाल्डो खनेर माथिबाट ढुंगाले छोपेको अवस्थामा वनभित्र निर्वस्त्र अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालिकाको शरीरका विभिन्न भागमा चोट छ। बलात्कारपछि हत्या गरेर शव गाडिएको हुनसक्ने आशंकामा अनुसन्धानको दायरा फराकिलो पारिएको एसपी जीसीले बताए। 

पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाका बारेमा थप प्रष्ट हुने उनको भनाइ छ। ‘घटनाको सत्यतथ्य पत्ता लगाउँदै हत्यामा संलग्नलाई पक्राउ गरेर कानुन अनुसार कारबाही अघि बढाउन प्रहरी प्रतिवद्ध छ,’ उनले भने, ‘घटनामा संलग्न भएको आशंकामा ६४ वर्षीय वृद्ध र ४७ वर्षीय पुरुषसहित दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ।’ 

बलात्कारपछि हत्या गरेर बालिकाको शव गाडिएको भन्दै आफन्त, स्थानीय र जाँते माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी दोषीमाथि कारबाहीको माग राखेर प्रदर्शन गरिरहेको स्थानीय राजशम्शेर थापाले बताए।

उनका अनुसार घटनास्थलमा भेला भएका स्कुले विद्यार्थीहरु आफ्नी साथीको शव खाल्डोभित्र पुरिएको अवस्थामा देखेपछि भावविहल बनेका छन्। खाल्डोबाट शव निकालेको प्रत्यक्ष देखेका उनीहरु त्रसित मुद्रामा रोइरहेको थापाले बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here