माओवादी केन्द्रका नेताहरू बिहानैदेखि छलफलमा

१३ फागुन, काठमाडौं । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन नै धरापमा परेपछि नेकपा माओवादी केन्द्रका नेताहरू बिहानैदेखि छलफलमा जुटेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा नेताहरू छलफलमा जुटेका हुन्।

frontline

छलफलका लागि पार्टीका पूर्व स्थायी कमिटी सदस्यहरूलाई प्रचण्डले आफ्नो निवास खुमलटार बोलाएका हुन्। एमसीसी र सत्ता गठबन्धनका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए।

 ‘पछिल्लो घटनाक्रमका विषयमा नेताहरूले आ–आफ्नो धारणा राखिरहनुभएको छ,’ ती नेताले भने, ‘अहिलेको परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने विषयमा नै हामी छलफल गरिरहेका छौं।’

एमसीसी परियोजना अहिलेकै अवस्थामा पास गर्न नसक्ने र संसद्मा मतदान भए विपक्षमा जाने निर्णय गरिसकेको नेकपा माओवादी केन्द्रभित्र अहिलेको अवस्थामा सरकारबाट बाहिरिनुपर्ने दवाव पनि बढेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here