कुनैबेला विश्वकै तेस्रो ठूलो आणविक शक्ति रहेको देश थियो युक्रेन !

१३ फागुन, एजेन्सी । युक्रेन कुनैबेला विश्वकै तेस्रो ठूलो आणविक शक्ति रहेको देश थियो । सोभियत संघको विघटनपछि सन् १९९१ मा युक्रेन स्वतन्त्र भयो । त्यतिबेला युक्रेनसँग आणविक हतियार थियो ।

अमेरिका र रुसपछि युक्रेन तेस्रो आणविक शक्ति सम्पन्न देश भएपछि नयाँ परिस्थिति सृजना भयो । रुसले युक्रेनको हतियारमा चासो राख्यो । अन्तर्राष्ट्रिय दबाबपछि युक्रेनले आणविक हतियार त्याग्यो ।

frontline

सन् १९९४ मा बुडापेष्टमा सम्झौता भयो जसमा अमेरिका, बेलायत र रुसले युक्रेनको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने थियो ।

सोभियत संघ हुँदा युक्रेनमा निकै हतियार बन्थ्यो । रुस, बेलारुस र युक्रेन एउटै देश रहनेबारे समेत छलफल चलेको थियो । तर, सम्भव नभएपछि विभाजन भयो ।

युक्रेनलाई रुसले सुरक्षाका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लियो । तर, युक्रेन विस्तारै अमेरिकासहित पश्चिमा शक्तिसँग नजिकिन थाल्यो । नाटोमा आवद्ध हुन खोज्यो । यसलाई रुसले रुचाएन र आक्रमण गर्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here