मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

११ फागुन, काठमाडौं । झापाको मेचीनगर नगरपालिका–७ मा मंगलबार मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

frontline

मे१०प २२३२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका मगरलाई हिजो बेलुका करिब पौने ८ बजे ठक्कर दिएको थियो ।

मोटरसाइकलसहित चालक इलाका प्रहरी कार्यालय काँकडभिट्टाको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here