बेलायतले लगायो रुसका ५ बैंकमाथि प्रतिबन्ध

११ फागुन, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई छुट्टै राज्यको मान्यता दिएपछि अन्तर्राष्ट्रिय राजनीतिमा तीव्र ध्रुवीकरण सुरु भएको छ ।

अधिकांश पश्चिमा राष्ट्रहरू रुसको कदमको विपक्षमा उभिएका छन् । सिरियाले रुसलाई समर्थन गरेको छ भने अर्को शक्तिराष्ट्र चीन भने वार्तामार्फत समस्या समाधान गर्नुपर्ने भन्दै तटस्थ उभिएको छ ।

frontline

यसैबीच बेलायतले रुसका ५ बैंकमाथि प्रतिबन्ध लगाएको छ । बेलायती संसद्को तल्लो सदन हाउस अफ कमन्समा युक्रेन घटनाबारे जानकारी दिने क्रममा प्रधानमन्त्री बोरिस जोन्सनले रुसका ५ बैंकमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका हुन् ।

रोसिया, आईएस बैंक, जनरल बैंक, प्रोम्सभ्याज बैंक र ब्ल्याक सी बैंकमाथि प्रतिबन्ध लगाइएको उनले जानकारी दिएका छन् ।

त्यस्तै धेरै सम्पत्ति भएका व्यापारीहरू गेनाडी तिमचेन्को, बोरिस रोटेनबर्थ र इगोर रोटेनबर्गमाथि पनि प्रतिबन्ध लगाइएको उनले बताएका छन् ।

यी सबैं वित्तीय संस्था र व्यक्तिका बेलायतमा भएका सम्पत्ति फ्रिज गरिने उनले बताएका छन् ।

प्रधानमन्त्री जोन्सनले अन्तिम समयसम्म पनि युक्रेन समस्या समाधानका लागि कूटनीतिक प्रयास गरिने बताएका छन् ।

त्यस्तै युक्रेनमा आक्रमण गर्ने रुसी राष्ट्रपति पुटिनको योजनालाई परास्त गर्नुपर्ने पनि उनले बताएका छन् ।

रुस आफ्नो निर्णयबाट पछि नहटे कडा प्रतिबन्ध लगाइने पनि जोन्सनले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here