अष्ट्रेलियाले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीलाई बाहिर निकाल्ने निर्णय
१० फागुन, युक्रेन । युक्रेन र रुसबीचको बढिरहेको तनावलाई मध्यनजर गर्दै अष्ट्रेलियाले युक्रेनस्थित आफ्नो दूतावासका अधिकारी र कर्मचारीलाई बाहिर निकाल्ने निर्णय गरेको छ।
केही कर्मचारी र अधिकारीहरूलाई रोमानिया र पोल्याण्ड पठाइएको छ। विदेशमन्त्री मारिस पेनेले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।
युक्रेनमा रहेको अष्ट्रेलियाली दूतावासको कामकाज हाल बन्द छ। युक्रेन छोड्न खोजिरहेका अस्ट्रेलियालीहरूलाई मद्दत गर्न कामदारहरू रोमानिया पठाइएको छ।
यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सुरक्षाका कारण युक्रेनमा रहेका बाँकी कूटनीतिज्ञहरूलाई पोल्याण्डको लुवियो जान भनिएको पुष्टि गरेका छन्।
उनले यी कूटनीतिज्ञहरूले पोल्याण्डमा रात बिताउने पुष्टि गरे।
प्रतिक्रिया दिनुहोस्