नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण
९ माघ,काठमाडौं । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुले निषेधित क्षेत्र तोडेपछि काठमाडौंको नयाँबानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण भएको छ ।
प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।
जवाफमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका छन् । प्रहरीले सडकमा लगाएको बार हटाएर प्रदर्शनकारी अघि बढेपछि प्रहरीले प्रदर्शनकारीमाथि सुरूमा पानीको फोहोरा हानेको थियो ।
केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँबानेश्वर क्षेत्रमा गरिएको विरोध प्रदर्शनका कारण काठमाडौंको यातायात आवागमन प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्