तिनकुने–माइतीघर सडकखण्डमा यातायात आवागमनमा अस्तव्यस्त

८ फागुन, काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एमसीसीको विरोधमा प्रदर्शन भएपछि यातायात आवागमन अस्तव्यस्त भएको छ ।

तिनकुने–माइतीघर सडकखण्डमा सवारी साधन सन्चालनमा रोक लगाइएपछि यातायात आवागमन अस्तव्यस्त भएको हो ।

frontline

काठमाडौंको नयाँ बानेश्वरमा सडकमै मानिसहरु भेला भएर प्रदर्शन जारी राखेकाले सवारी साधनलाई बिभिन्न स्थानबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नयाँबानेश्वरतर्फ जाने–आउने सवारी साधनलाई गैरीगाउँ, तिनकुने, पुरानो बानेश्वर, माइतिघर, न्युप्लाजा, भद्रकालीबाट ड्राइभर्सन गरिएको छ ।

नयाँ बानेश्वर भएर यात्रा गर्ने सम्पूर्ण सवारी चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

महाशाखाले सवारी साधनका चालकहरुलाई करिडोर र चक्रपथको सडक प्रयोग गर्न सुझाएको छ । डाइभर्सनका कारण उपत्यकाको माइतीघर, सिंहदरबार, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर र कोटेश्वर चोकमा सवारी साधन क्यूमा चलिरहेका छन् । क्यू रहेको स्थानमा सवारी आवागमन सहज बनाउने प्रयास भइरहेको महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बानेश्वर सडक अत्यावश्यक बाहेकका लागि बन्द गरिएको छ । पूर्वमा तिनकुने र पश्चिममा माइतीघर बीच भागमा पर्ने बबरमहल–बानेश्वर सडक सवारीसाधनका लागि बन्द गरिएको हो । पैदयात्रीहरुलाई भने प्रहरी रोकेको छैन ।

मिनभवन क्याम्पस गेट, नयाँबानेश्वरको पानीट्यांकी, एभरेष्ट होटल आसपासका क्षेत्रलाई भने निषेधित क्षेत्र तोकेर प्रहरीले विरोध प्रदर्शन नगर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here