कुवेत हिँडेका ६ महिलालाई रोक्यो अध्यागमनले, दुबईमा पनि ‘एक्टिभ’

८ फागुन, काठमाडौं । त्रिअबि अध्यागमन कार्यालयले कुवेत हिँडेका ६ जना महिलालाई रोकेको छ। तीमध्ये ४ जनाको ‘भिजिट भिसा’ दुबईमा पनि ‘एक्टिभ’ देखिएको थियो।

अध्यागमन कार्यालयका अनुसार रसुवाकी चिपुदेखी तामाङ, सुनसरीकी राधिका खड्का, बर्दियाकी गीता देवी प्रधान र रसकुकै निर्मला तामाङको दुबईको भिसा एक्टिभ देखिएको थियो।

frontline

उनीहरु कुवेतको बाटो हुँदै दुबई जानसक्ने आशंकामा अध्यागामन कार्यालयले रोकेको स्रोतले बतायो। 

त्यस्तै झापाकी मिना तामाङ र रामेछापकी पेमा भोलानको श्रम स्वीकृति र भिसाको विवरण फरक भएको भन्दै प्रस्थान अनुमति नदिएको स्रोतको भनाइ छ।

त्यस्तै दुबई हिँडेका ७ जनालाई समेत अध्यागामन कार्यालयले प्रस्थान अनुमति दिएन। जसमा सिन्धुपाल्चोककी छिरिङ याङजुम शेर्पा, पेमा ओंगेल शेर्पा, निमा तामाङ, स्याङ्जाका अमर सिंह थापा, अर्घखाँचीका युवराज बन्जाडे, नुवाकोटका बिराज घले र स्याङ्जाका श्रेया  मिया रहेका छन्। यसअघि बिहीबार भारतीय बंगाली नागरिकसहित १५ जनालाई अध्यागमन कार्यालयले रोकेको थियो। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here