सोमालियामा आत्मघाती विस्फोट, कम्तीमा १० जनाको मृत्यु

८ फागुन, मोगादिसु । सोमालियामा भएको आत्मघाती विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

बेलेड्वेनमा शनिबार भएको घटनाको जिम्मेवारी जिहादीहरूको समूह ‘अल शबाब’ ले लिएको प्रहरीले जनाएको छ ।

frontline

घटनामा परी मृत्यु भएकामध्ये केही सरकारी अधिकारीसमेत छन् । घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सरकारी अधिकारी र प्रत्यक्षदर्शीहरूले घटना आत्मघाती हमलाकारीले गराएको बताएका छन् ।

एक प्रत्यक्षदर्शीले भने, ‘यस्तो घटना त मैले अहिलेसम्म देखेको थिइनँ, अति अमानवीय घटना ।’

घटनास्थल राजधानी मोगादिसुदेखि ३४० किलोमिटर टाढा पर्छ । घटनापछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

घटनाको विभिन्न क्षेत्रबाट भर्त्सना र आलोचना भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here