आइएमई जनरल इन्स्योरेन्सले फागुन २२ देखि हकप्रद सेयर निष्कासन गर्ने

६ फागुन, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम रहेको १० कित्ता सेयर बराबर नयाँ ४ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४५ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गर्ने इन्स्योरेन्सले जनाएको छ। हकप्रद निष्कासनपछि भने इन्स्योरेन्सको पुँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाँ पुग्नेछ।

frontline

माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन्। हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले फागुन १ गते बुकक्लोज गरेको थियो। 

उक्त हकप्रद सेयरमा लगानीकर्ताले चैत्र १३ गतेसम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रदलाई इक्रा नेपालले इक्रा आइआर बीबीबी रेटिङ दिएको छ। जसले मध्यम कर्जा जोखिम रहेको जनाउँछ।

सेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।  हकप्रदमा लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरल इन्स्योरेन्सको काठमाडौं उपत्यका भित्र र बाहिर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here