महाकालीमा बालुवा निकाल्ने क्रममा बीचमा फसेकी महिलाको प्रहरीद्वारा उद्धार

फाइल तस्बिर

१ फागुन, दार्चुला । दार्चुला महाकाली नदी छेउमा बालुवा निकाल्ने क्रममा पानीको सतह बढेर बीचमा फसेकी महिलाको नेपाल प्रहरीले उद्धार गरेको छ ।

बालुवा निकाल्ने क्रममा पानीको बहाब बढेर नदीको बीचमा फसेकी महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै घर भएकी २५ वर्षीया लीला ओडलाई प्रहरीले उद्धार गरेकाे हाे ।

frontline

आइतबार बिहान ‍ओड महाकालीको बीच भागमा अड्किएर रोइकराइ गरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक माधव विश्वकर्माले टोली गएर महिलाको सकुसल उद्धार गरिएको जानकारी दिए । 

महिलाको अवस्था सामान्य रहेको छ । महाकाली नदीबाट उद्धार गरेर अहिले जिल्ला अस्पताल दार्चुलामा भर्ना गरिएको प्रहरी निरीक्षक विश्वकर्माले बताए । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here