एनआरएनए अमेरिकाको नेतृत्वका लागी लम्किदै युवा जमात

अमेरिकामा यतिबेला गैरआवासिय नेपाली संघ (एनआरएनए) को चुनावी चर्चा परिचर्चा बढेको छ । सामाजिक संजालका भित्ताहरु उम्मेदवारका प्रचारसामग्रीले भरिएका छन् । यस पटकको २०२१–२०२३ को कार्याकालका लागी युवाहरुको उम्मेदवारी होड निकै देखिएको छ । एनआरएनएमा नया कार्याकालका लागी उम्मेदवारी दिने युवाहरुको संख्या बढीरहेको छ । ‘एनआरएनएमा युवाहरुको चासो र नेतृत्वमा पुग्न यसपटक राम्रो रस्साकस्सी देखिएको छ’ गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष सुनिल शाहले भने– ‘उम्मेदवारीमा आकाक्षी धेरै देखिएका छन्, संस्थामा लागेर केही गरौ भनेर युवाहरु आइरहेका छन् ।’
उनले आगामी कार्याकालका लागी विभिन्न पदमा उम्मेदवारी दिने युवाहरुको संंख्या विगतका वर्षहरुमा भन्दा धेरै रहेको बताए ।
सोफिन थापा टेक्ससमा बसेर व्यवसायी संगै सामाजिक काममा पनि अग्रसर छन् । अघिल्लो एनआरएनएको कार्याकालमा सचिव पदमा चुनाव जितेका उनी यस पटक टेक्सस च्याप्टर अध्यक्षमा चुनाव लडदै छन् ।
एनआरएनएमा युवाहरुको सहभागिता हुनुपर्छ भनेर एनआरएनएमा आफनो उपस्थिति जनाइरहेको छु’ अध्यक्ष पदका प्रत्याशी सोफिन थापाले भने– संस्थामा युवा आउनुपर्छ तर स्पष्ट र बुझेर भने आउनैपर्छ । उनले अग्रजहरुले पनि युवालाई हतोत्साहित भन्दा पनि उत्साही बनाउनु पर्ने बताउछन् ।
उनका अनुसार यस पटक एनआरएनए निर्वाचनमा उम्मेदवारी दिने युवाको उपस्थिति ५० प्रतिशत भन्दा बढी रहेको छ । यस पटक भावी कार्याकालका लागी एनआरएनए अमेरिकाको विभिन्न पदमा उम्मेदवारी दिने युवाहरुको संख्या देखिएको छ । अहिले देखिएको संख्या विगतका निर्वाचन भन्दा धेरै हो । थाापा संगै टेक्सस च्याप्टरको अध्यक्षमा भिडदैछ सन्देश उप्रेती । उप्रेती अहिले एनआरएनए टास्क फोर्समा आवद्ध छन् । उनि अघिल्लो कार्यकालमा थापा संगै सचिव पदमा भिडेर पराजय भएका थिए ।
उम्मेदवारी घोषणाहरु युवाहरु धमाधम गरिरहेका छन् । कतिपय भने एनआरएनएमा युवाको पहुच बढाउन प्रतिस्पर्धा भन्दा पनि सहमतिबाट अगाडी बढनुपर्ने बताउछन ।
आफनो देश छाडेर यहा“ आएर विभिन्न पेशा व्यवसायमा आवद्ध युवाहरु एनआरएनएलाई एउटा प्लेटफर्म को रुपमा लिएर अगाडी आउन थालेका छन् । नेपाल सरकारले मान्यता दिएको एनआरएनएमा लागेर केही योगदान दिन सकिन्छ भनेर युवाहरु कस्सिएका छन् ।
यतिबेला एनआरएनए अमेरिकाको केही उपल्लो पदमा युवाहरुको उम्मेदवारी दिने क्रम हवात्तै बढेको छ । प्रकाश बस्नेत, प्रभात राज सापकोटा, विकास उप्रेती, सुमन थापा एनआरएनए अमेरिकाको उपाध्यक्ष पदका लागी लडदैछन् । त्यस्तै आशिस संग्रौला,, सन्तोष पहारी, बिराज भण्डारी , बाबु सुवेदी, तथा जेनी पाठक बोड अफ डाइरेक्टरको आकांक्षी देखिएका छन् । त्यस्तै अनुप खनालले सचिवका लागी उम्मेदवारी दिएका छन् । परिवर्तन समावेशी तथा युवा सशक्तिकरणका लागी भन्दै सचिव पदमा खनालले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरेका सुमन थापा पनि एनआरएनएको दौडमा सामेल भएका छन् । उनी यसपटक आफुलाई उपाध्यक्षको दौडमा अग्रसर गराएका छन् । त्यस्तै टेक्ससकै युवा व्यवसायी विकास उप्रेती पनि उपाध्यक्षको दौडमा निस्केका छन् ।
युथ कोर्डिनेटरमा त्रिभुवन पाण्डे तथा ओजेश उप्रेती आकांक्षीको रुपमा अघि बढैछन् । यस्तै एनआरएनएको अन्य विभिन्न पदमा युवाहरुले उम्मेदवारी दिएका छन् । कतिपयले घोषणा गरिसकेका छन् भने कतिपयले औपचारिक घोषणा गर्न बाकी रहेको छ । एनआरएनए अमेरिकामा युवाको नेतृत्वलाई सबैले चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here