२४ घण्टामा १३६९ संक्रमित,१२ को मृत्यु

२७ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपाल हालसम्म ११ लाख सात हजार ९८६ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।




पछिल्लो २४ घण्टामा दुई हजार २३८ कोरोना संक्रमणमुक्त हुँदा संक्रमणमुक्त हुनेको संख्या नौ लाख ३० हजार ६०७ जना छन् । निको हुनेको संख्या ९५ प्रतिशतभन्दा बढी हो ।
कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यका कति थपिए
काठमाडौं उपत्यकामा आज कोरोना ३२९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौमा २३५, ललितपुरका ६४ र भक्तपुरमा ३० संक्रमित थपिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्