भेरी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

२५ माघ, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार कैलालीको टिकापुर नगरपालिका–८ की ६८ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो ।

frontline

दुवै डोज कोरोनाविरुद्धको खोप लगाएकी ती महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here