लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई नियुक्त

२५ माघ, बुटवल । लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डीराज भट्टराई (सिद्धिचरण) नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ५ वर्षको हुनेछ ।

frontline

रुपन्देहीको देवदह स्थायी घर भएका भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन् ।

समाजशास्त्रमा पनि स्नातकोत्तर र कानूनमा स्नातक गरेका भट्टराई दुई दशकदेखि पत्रकारितामा पनि आवद्ध छन् ।

उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही सहइन्चार्ज हुन् ।

आफ्नो कार्यकालमा कोषमा आर्थिक पारदर्शिता र सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता हुने भट्टराईले बताए ।

लुम्बिनी विकास कोषबाट हुने ठेक्का सम्झौता अपारदर्शी र मिलेमतोमा हुने गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here