अमेरिकाका २ लाख बढी घरहरु अन्धकारमा
२४ माघ, टेनेसी । अमेरिकाभर २ लाखभन्दा बढी घरहरु अन्धकारमा परेका छन्। हिम आँधीका कारण विद्युत् अबरोध हुँदा अमेरिकाका विभिन्न राज्यमा २ लाखभन्दा बढी घरहरु अन्धकारमा परेका हुन्।
शनिबारदेखि अधिकांश क्षेत्रका २ लाखभन्दा बढी घरहरुमा विद्युत् आपूर्ति भए पनि अन्य क्षेत्रमा भने अझै अन्धकारमा परेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।
अमेरिकी राज्य टेनेसी, न्युयोर्क र ओहायो राज्यमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा त्यहाँका २ लाख घरहरुमा अझै अन्धकारमा रहेको पावरआउटेजले जनाएको छ।
ती राज्यहरुमा बिहीबारदेखि मात्र विद्युत् आपूर्ति हुने बताइएको छ। विद्युत् आपूर्ति बन्द हुँदा त्यहाँको जनजीवन निकै प्रभावित बनेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्